Friday, February 11, 2011

पोखरामा दोश्रो सूचना सन्चार तथा प्रविधि मेला क्यान ईन्फोटेक-२०११ फागुन ५ बाट

सूचना संचार तथा प्रविधिको विकास गर्ने उद्देश्यले पोखरामा आगामी ५ देखि ८ फागुनसम्म संचालन हुने दोश्रो सूचना साचार तथा प्रविधि मेला क्यान ईन्फोटेक-२०११ को तयारी तीब्र बनेको छ । आयोजक कम्प्युटर एसोसियसन नेपाल क्यान कास्कीले मेलाको तयारीका लागि महोत्सवस्थल नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्दमा मंगलबार सचिवालयको स्थापना गरी काम तीब्र पारेको हो । महोत्सवको तयारीलाई ब्यवस्थित र सहज बनाउनकालागि महोत्सव स्थलमा नै सचिवालयको स्थापना गर्न लागेको क्यान कास्कीका अध्यक्ष इविन्द्रराज तिवारीले बताए । महोत्सव अविधि भरि नै रहने सचिवालयबाट महोत्वसको तयारीका क्रममा स्टल कुटिङ् निमन्त्रणा पत्र वितरण लगायतका कामहरु भैरहेको छ भने महोत्वस सुरु भएपछि महोत्सव ब्यवस्थापन स्वयम सेवक परिचालन टिकट वितरण तथा महोत्सवसम्वन्धी विभिन्न सूचनाहरुको सम्प्रेषणलगायतका कामहरु हुने उनले जनाए । मेलामा सुचना र प्रविधि संग सम्वन्धित विषयहरुको अध्ययन अध्यापन हुने विद्यालय तथा क्याम्पसहरु विभिन्न शैक्षिक परामर्श केन्द्रका स्टलहरु सरकारी तथा ग्रह्रसरकारी संस्थाका सुचना केन्द्रहरु बैंक तथा विक्तिय संस्थाहरु संग सम्वन्धित प्रविधिका प्रदर्शनी तथा बिक्री स्टलहरु कम्युटरका सफ्टवयर हार्डवयर तथा सुचनाप्रविधिसँग सम्वन्धित विभिन्न सामग्रीका बिक्री एवं प्रदर्शनी गरी ९० वटा भन्दा बढी स्टलहरु रहने छन् ।चारदिनसम्म चल्ने मेलामा करिब ६० हजार दर्शक आउने आयोजकको अनुमान छ । मेला सम्पन्न गर्न विभिन्न १७ वटा उपसमिती गठन गरिएको आयोजकले जनाएको छ ।

No comments:

Post a Comment